२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो ।

आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा लागू नहुने बताए ।

‘केही दिन अगाडि के समाचार आयो भने, ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने ! त्यो पनि सही समाचार होइन,’ दलहरूसँग आचारसंहिताका विषयमा प्रतिबद्धता लिन आयोजित बैठकमा उनले भने,‘हो कुरो चाहिँ के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन् भने, त्यस ठाउँमा चाहिँ उहाँले उम्मेदवार हुन नपाउने हो ।’

सो पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ, भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि अयोग्य हुने व्यवस्था रहेको आयुक्त भण्डारीले बताए । ‘त्यहीँ ठाउँमा उहाँले उम्मेदवार हुन चाहेर भरे उहाँको उम्मेदवारी रद्द गर्नुपर्ने भयो भने त्यस्ले राम्रो सन्देश दिँदैन,’ उनले भने ।

आचारसंहितामा ऐन नियममा भएका कुरालाई मात्र लिएर राखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस