२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

अ+ अ-

धनुषा । मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ ।

स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तर्क्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

मधेस प्रदेशका आठ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७१० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ ।

नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । टाइफाइडविरुद्धको खोप अभियान इस्ट एसियाको पहिलो देश नेपाल बन्ने विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले जानकारी दिए ।

खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकाले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह सबैलाई आग्रह गरे।

हातमार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गरे ।

अढाइएमएलको एक भाइल खोपबाट पाँच जनालाई दिन मिल्ने र खोपको विषयमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित बनाउने कामसमेत भइसकेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस