दमौली । तनहुँको भानु नगरपालिका–९ डुम्री खर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।
ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
गए राति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।