काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि ल्याउन महाअभियानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
माओवादी केन्द्रको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘जनताको पक्षमा आर्थिक समृद्धि ल्याउने महाभियोगमा एक जुट भएर लागौँ। माओवादी केन्द्रलाई अपमान गर्न खोज्ने, गाली गर्न खोज्ने परिवर्तनको बाहकलाई प्रतिक्रियावादी, षड्यन्त्रकारीहरूलाई आज एउटा बलियो झापड तपाईँहरूले दिनुभएको छ,’ उनले भने ।