२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

अ+ अ-

गण्डकी । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ ।

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् ।

पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् ।

‘पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौँसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्’, उनले भने, ‘पोखराकै प्रवेशद्वार कोत्रे सडकखण्डले सरोकारवाला जो कोहीलाई गिज्याइरहेको छ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको अवस्थामा पनि पोखरासँग जोडिएका सडक राम्रो बन्न नसक्नुले समग्र पर्यटनमा दिने सङ्केत राम्रो नहुने जनाउँदै उनले यसतर्फ चाँडै नै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए ।

चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठुलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उनको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा जोडिएका सडक अस्तव्यस्त नै रहने हो भने तनहुँ, गोरखा, लम्जुङलगायत स्थानका सर्वसाधारणले आगामी दिनमा पोखरा विमानस्थलभन्दा पनि अन्यलाई नै रोज्ने अवस्था आउनेतर्फ पनि बेलैमा सोच्न जरुरी रहेको अर्का पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउँछन् ।

पोखराको प्रवेश गर्ने मार्ग नै वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको अवस्थामा रहनु चिन्ताको विषय भएको जनाउँदै उनले यसतर्फ सम्बद्ध सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी रहेको बताए ।

लामो समयसम्म अस्तव्यस्त बनिरहेको सडकलाई चाँडो व्यवस्थित गर्न गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइसकेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले बताए ।

‘गण्डकी प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो सडकखण्ड अस्तव्यस्त बन्नु गम्भीर चिन्ताको विषय हो’, उनले भने, ‘यस सम्बन्धमा मुख्यमन्त्री स्वयंले चासो दिएर यथाशक्य चाँडो यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसक्नुभएको छ ।’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख अमित श्रेष्ठले यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको जानकारी दिँदै दुलेगौडा–कोत्रे खण्डलाई तत्कालीन रुपमा व्यवस्थित गराउनका लागि सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको बताए ।

दुलेगौडा–कोत्रे सडक खण्ड पृथ्वीराजमार्गमा पर्नाका साथै पोखराबाट दमौली र दमौलीबाट पोखरासम्म ठुलो सङ्ख्यामा कर्मचारी तथा सर्वसाधारणसमेत दैनिक आवतजावत गर्ने भएकाले अत्यन्त व्यस्त रहन्छ ।

दैनिक आवतजावत गर्ने र सडक आसपासका बासिन्दा लामो समयदेखि वर्षामा हिलो र हिउँदमा धुलो खानु परेको पीडा व्यक्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस