२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ करोड हिनामिना र ठगी अभियोगमा सहकारीका ५ जना दोषी ठहर, ४५ जनालाई सफाइ

अ+ अ-

काठमाडौँ । कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन् । २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरू गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरेको सहकारी रकम हिनामिना ठगी गरेको तथा सङ्गठित अपराध मुद्दा चलेको थियो ।

अदालतले ३ जना कर्मचारी र २ जना बचत सङ्कलनकर्ताहरू कसुरदार ठहराएको हो । सो मुद्दामा ४५ जनाले भने सफाइ पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले जानकारी दिएका छन् ।

अदालतमा सहकारीको व्यवस्थापक अविनाशदेव पाण्डेय, पूर्व व्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत सङ्कलनकर्ताहरू श्रवणकुमार गुप्ता तेली र सुन्दर केशव गुप्तालाई अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको इजलासले कसुरदार ठहराएको हो ।

राजेश, श्रवण र अविनाश अदालतको आदेशमा यसअघि नै थुनामा रहँदै आएका छन् । सो मुद्दामा थुनामा रहको कर्मचारी राकेशकुमार ठाकुरले भने सफाइ पाएका छन् । यस्तै फरार प्रतिवादीहरू लक्ष्मी आचार्य, सुनिता अग्रहरी र विनीता न्यौपानेको हकमा भने मुद्दा मुल्तबी राखिने आदेश भएको श्रेस्तेदार पाण्डेयले बताए ।

तीनै जना विदेश भएकाले अदालतमा हाजिर हुन नसकेको परिवार श्रोतले जनाएको छ । पदाधिकारीहरूको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने वादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ । अदालतमा २०६६ सालदेखि २०७६ सालसम्मका कार्य समिति उपसमिति कर्मचारीहरूलाई मुद्दा लगाएको थियो ।

सहकारी ऐन अनुसार चार वर्षदेखि ६ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था छ । कसुरदार ठहरिएका ५ जनालाई ३० दिनभित्र सजाय निर्धारण गरिने फैसलामा भनिएको छ । यस्तै मुद्दा चल्नु पूर्व रहेका समिति र लेखा समितिलाई एक हप्ताभित्र विशेष साधारण सभा बोलाउन निर्देशन गरिएको छ । समितिलाई अदालतले विभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको छ ।

फैसला कार्यान्वयनका लागि अदालतका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५÷१५ दिनभित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस