२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई युक्रेनको आग्रह– रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक लगाइयोस्

अ+ अ-

काठमाडौँ। यसै वसन्त ऋतुमा ९ जना रुसी पर्वतारोहीलाई नेपालमा हिमाल चढ्ने अनुमति दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह गरेका थिए ।

भारतको दिल्लीस्थित युक्रेनी दूतावासले नेपाल सरकारलाई थुप्रै अन्तर्राष्ट्रिय खेलकुद महासङ्घहरूले रुसी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइसकेको जानकारी दिएको थियो ।

नेपाल सकारलाई पठाइएको पत्रमा युक्रेनमा रुसी आक्रमण बन्द नहुन्जेल सम्मका लागि रुसी पर्वतारोही टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरिएको थियो । तर, नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीति नियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए ।

नेपालको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भनेका छन्, “अहिलेसम्म यस सम्बन्धमा हाम्रो नीतिमा परिवर्तन आएको छैन । हामीलाई विश्वास छ, हाम्रा पहाडहरू विश्वव्यापी सम्पत्ति हुन् । त्यसैले शान्ति प्राप्तिका लागि विश्वका कुनै पनि मुलुकका नागरिकले पर्वतारोहण गर्न चाहन्छन् भने कानुनसम्मत व्यवस्थाअनुसार तिनीहरूले त्यसका लागि अनुमति पाउनेछन् ।”

दिल्लीस्थित युक्रेनी दूतावासले आफूले २१ मार्चमा नै दिल्लीकै नेपाली दूतावासमा यसबारे अनुरोध गरेको जनाएको छ । तर नेपाली दूतावासका कर्मचारीहरूले यसबारे आफूहरूलाई कुनै सूचना प्राप्त नभएको बताएका छन् ।

मेको अन्त्यसम्म वसन्त ऋतुको पर्वतारोहण सिजन मानिन्छ । एक जना रुसी पर्वतारोहीलाई ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण र अन्य आठ जनालाई ६ हजार ५०० मिटर भन्दा होचा हिमाल चढ्ने अनुमति दिइएको छ ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष वीर लामाले पनि यसबारे सरकारले केही उल्लेख नगरेकाले आफूहरूले चलनचल्तीको नीति अनुरूप नै निर्णय कार्यान्वयन गरेको बताएका छन् ।

विगतमा युक्रेनी र रुसी पर्वतारोहीहरूले नेपालका हिमालहरू चढेको इतिहास पनि छ ।

प्रतिक्रिया दिनुहोस