‘योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकास’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकास’


१५ चैत्र २०७८, मंगलबार


पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।

गाउँठाउँको परिवर्तन र विकास गर्न सक्ने व्यक्तिलाई छान्ने अधिकार नागरिकलाई भएकाले आफ्नो विवेक प्रयोग गर्न उनले मतदातालाई सुझाव दिए ।

मोदी गाउँपालिका–३ देउरालीमा निर्मित स्वास्थ्य चौकी र हिमालय माविको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले विगतको कामको मूल्याङ्कन गरेर प्रतिनिधि छनौट गर्नुपर्नेमा जोड दिए ।

विकास निर्माणका काममा सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राजनीति गर्न नहुने बताए । जनप्रतिनिधिले समग्र जिल्लाको विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिए ।

कार्यक्रममा सांसद पदम गिरीले समेत आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस