२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

अ+ अ-

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् ।

चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडेर कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

सिराहाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको तथा चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरी बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटक पटक गरेको प्रतिबद्धता कार्यान्वयन नगरेकाले आफूहरू आन्दोलनमा उत्रिएको बताए ।

चुरे संरक्षण र सुकुम्वासी समस्यासँग सम्बन्धित मधेस प्रदेश सरकारले अभियानीहरूसँग गरेको सात बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् । छ महिनाअघि अभियानका नेता तथा कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेस सरकारले सात बुँदे सम्झौता गरेको तर कार्यान्वयन भने नगरेको अभियानीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस