काठमाडौँ । २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् ।
स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।
आज (सोमबार) कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए ।