सुर्खेतको काँक्रेविहार संरक्षणार्थका लागि प्रहरी बिट निर्माण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सुर्खेतको काँक्रेविहार संरक्षणार्थका लागि प्रहरी बिट निर्माण


१४ चैत्र २०७८, सोमबार


कर्णाली । ऐतिहासिक पुरातात्त्विक महत्त्वको क्षेत्र काँक्रेविहारको संरक्षणका लागि छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतको वडा कार्यालयले छ लाख ५० हजारमा अस्थायी प्रहरी विटको भवन निर्माण गरेको हो ।

सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मानिने काँक्रेविहारमा बनेको उक्त भवनको उद्घाटन नगरप्रमुख देवकुमार सुवेदीले गरे ।

विसं २०७६ भदौ २५ गतेबाट सञ्चालनमा रहेको अस्थायी प्रहरी बिटले आजदेखि आफ्नै पक्की भवनबाट कार्य सञ्चालन गरेको छ । आर्थिक विकासका हिसाबको आधारशिला मानिने काँक्रेविहार सबैको साझा सम्पत्ति भएको उनको भनाइ थियो ।

त्यस्तै, उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसङ्ख्यासँगै राज्यसँग सुरक्षा चुनौती भएकोले जनतासँग प्रहरी छ भन्ने अनुभूति दिएर काम गर्न प्रहरीलाई सुझाए ।

Tags :
प्रतिक्रिया दिनुहोस