जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन । अन्य तीन दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्याइएको छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।