२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई भूराजनीति खेलमा संलग्न बनाउने प्रयासको विरोध गर्छौँ : चीन

अ+ अ-

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई भूराजनीतिक खेलमा संलग्न बनाउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्कासँग शनिबारको भेटमा विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रतालाई कमजोर बनाउने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र भूराजनीतिक खेलमा संलग्न गराउने प्रयासको विरोध गर्ने बताएका हुन् ।

विदेशमन्त्री वाङले नेपालको मामिलामा यसका जनताले निर्णय गर्नेमा चीनले विश्वास गर्ने बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘अन्तर्राष्ट्रिय वा दुवै देशको आन्तरिक परिस्थितिमा जस्तो परिवर्तन भए पनि चीन दुवै देशका नेताहरु‍ले निर्धारण गरेको चीन-नेपालको साझा भविष्य प्रवर्द्धनका लागि लाग्ने छ‚’ भेटमा वाङले भनेका छन् ।

ग्लोबल टाइम्सका अनुसार नेपालले आफ्नो देशका लागि निर्धारण गर्ने विकासको बाटोमा चीनले सहयोग गर्ने वाङले बताएका छन् ।

वाङले नेपालका लागि सबै पक्ष तथा दलहरूलाई जनताको आधारभूत तथा दीर्घकालीन चाहनालाई ध्यानमा राख्दै विशेष परामर्शका लागि प्रेरित गरेको समाचारमा उल्लेख छ ।

राजनीतिक स्थायित्व, आर्थिक विकास तथा जनताको जीविकोपार्जनका लागि राजनीतिक स्थायित्व र आर्थिक विकासको मोडल पनि संयुक्त रुपमा खोज्नुपर्ने वाङले बताएका छन् ।

वाङले नेपालले स्वतन्त्र आन्तरिक तथा विदेश नीति खोज्ने कार्यलाई चीनले सहयोग गर्ने उल्लेख गरेका छन् ।

‘देशको आकार जत्रो भए पनि सबै देश समान हुन् र सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्नेमा चीनले विश्वास गर्छ‚’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

वाङले दक्षिण एसिया र चीनबीच सहकार्यका लागि नेपाल एउटा प्रतिबद्ध भूमि बनेको बताउँदै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा नेपाल ठुलो भूमिकामा रहेको चीनले हेर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस