२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकाले ल्यायो सार्वजनिक जग्गा फिर्ता

अ+ अ-

तनहुँ । व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएर जग्गा फिर्ता ल्याएको छ ।

व्यास नगरपालिका–२ स्थित डाँग्रीखोल्सीलगायत विभिन्न स्थानका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएर करिब तीन रोपनी जग्गा फिर्ता ल्याएको हो ।

नगरपालिकाले गत माघ २६ गते अतिक्रमण गरी बनाइएका केही घर टहरा भत्काए पनि केही घरमा पसलका सामग्री रहेका कारण गत फागुन १ गतेभित्र व्यक्ति स्वयम्ले भत्काउने सहमतिमा छाडेको थियो । सहमतिअनुरूप बनाइएका घर टहरा भत्काउन व्यक्तिले चासो नदेखाएपछि पटक पटक मौखिक एवं पत्राचार गर्दा पनि बेवास्ता गरेको पाइएकाले भत्काइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।

‘पटक पटकभन्दा पनि कुनै सुनुवाइ भएन’, उनले भने, ‘एक महिनाभन्दा बढी समय बित्दा पनि बेवास्ता भएको देखिएपछि नगरपालिकाले चासो देखाई भत्काएको हो ।’ दमौली बजार क्षेत्रका ठुला व्यक्तिले नै सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गर्न थालेपछि अन्य सर्वसाधारणले पनि क्रमिक रूपमा कब्जा गर्न थालेको उनले बताए ।

व्यास नगरपालिका–२ अन्तर्गत डाँग्रीखोल्सी, पानीपट्टी र माले बगर क्षेत्रका चौध जना व्यक्तिबाट जग्गा फिर्ता गरी संरक्षण गर्न लागेको उनले जानकारी दिए । सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय जनजागृति र उत्तर शिला दुई वटा टोल विकास संस्थाको पहलमा रोक्न खोजे पनि सम्भव नभएको उत्तर शिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले जानकारी दिए ।

यसरी अतिक्रमण गरी बनाइएका संरचनामा नगरपालिकाले डोजर लगाएर भत्काउन थालेपछि अन्य वडामा जग्गा अतिक्रमण गरी संरचना बनाएकाहरू डराउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस