माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । बारामा महिलामाथि एसिड आक्रमण भएको छ। शुक्रबार राति ८ बजे वीरगन्ज महानगरपालिका–१३ की २८ बर्सिया सीता पटेलमाथि बारामा एसिड आक्रमण भएको हो।

कलैया उपमहानगरपालिका–२३ कोरिया टोलस्थित माइतीघर आउने क्रममा पटेलमाथि दुई जनाले एसिड प्रहार गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

मोटरसाइकलमा आएका दुई जनाले पटेलमाथि एसिड फालेका थिए। पटेलको अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

एसिड आक्रमणमा संलग्न वीरगन्ज महानगरपालिका-१३ का ३२ वर्षीय रामबाबु साह र ५० वर्षीय हवारी साहलाई नियन्त्रणमा लिइएको थापाले बताए।

हवारी ससुरा र रामबाबु पटेलका जेठाजु हुन्। एसिड आक्रमणको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस