२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा र विवेकशील साझाबिच वैशाख ३० भित्रै पार्टी एकताको प्रयास तीव्र, चुनाव चिह्न र नामबारे सहमति हुन बाँकी

अ+ अ-

काठमाडौँ – नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै हिँडेका रवीन्द्र मिश्र अन्ततः २०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई नै संशोधनको एजेन्डा बोकेर हिँडेको राप्रपासँग विवेकशील साझा पार्टीलाई एकीकरण गर्ने प्रयास तीव्र पारेका छन् ।

पार्टीभित्र ‘विचारभन्दा माथि देश’ भन्ने नाराअघि सारेर हालको व्यवस्थाभन्दा फरक ढङ्गले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछि मिश्र अब राप्रपासँगको एकतातर्फ मोडिएका हुन् ।

विवेकशील साझाबाट उनीमाथि प्रश्न गर्ने नेताहरू बाहिरिइसकेपछि मिश्रलाई राप्रपाले बोक्दै आएको एजेन्डालाई आधिकारिक अनुमोदन गर्ने बाटो खुला भएको हो ।

राप्रपासँग एकता प्राविधिक रूपमा मात्रै बाँकी रहेको ती दल निकट नेताहरूले बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा तथा विवेकशील साझाका अध्यक्ष मिश्रलगायतका नेता अहिले नियमित छलफलमा छन् । उनीहरूबिच छलफलबाट दुवै पार्टी एकतामा जाने निष्कर्षमा पुगेको बताइएको छ ।

सिद्धान्त र आगामी कार्यदिशामा विवाद नरहे पनि पार्टीको नाम र चुनाव चिह्न के हुने भन्ने प्राविधिक विषयले मात्रै एकता घोषणा बाँकी रहेको दुवै पक्षका नेताहरूले बताएका छन् । राप्रपाले नाम राप्रपा नै र चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखिरहेको छ । विवेकशील साझाले साझा पार्टीको पनि पहिचान झल्किने गरी नयाँ नाम राख्नुपर्ने र चुनाव चिह्न तराजु हुनुपर्ने प्रस्ताव गरेको छ ।

राप्रपाको नेतृत्वमा निर्वाचित भए लगत्तै लिङ्देन र राणा विवेकशील साझाका नेताहरूसँग पार्टी एकताका लागि संवादमा थिए । लिङ्देन र राणा गत पुस १६ गते मिश्रको निवासमा नै पुगेका थिए । त्यसपछि दुवै पक्षका नेताहरू पार्टी एकताका लागि निरन्तर छलफलमा थिए ।

सिद्धान्त, विचार र कार्यदिशामा समस्या नदेखेका दुवै पक्षका नेताहरूले पार्टीको नाम र चुनाव चिह्नजस्ता प्राविधिक विषयमा अड्किएको एकताको गाँठो फुकाउने प्रयत्न गरिरहेका छन् ।

एकता प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेका राप्रपाका महामन्त्री राणाले भने, ‘एकताका लागि धेरै कुरामा समस्या छैन । केही प्राविधिक कुराहरू नमिलेको हो । बाँकी त अब अप्ठ्यारो छैन ।’ पार्टी एकताका लागि काम भइरहेकाले आफूले धेरै बोल्न नमिल्ने उनको भनाइ प्रतिक्रिया थियो ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले नयाँ शक्ति निर्माणका लागि राप्रपा अगाडि आउनुपर्ने बताए ।

चुनाव चिह्न र पार्टीको नाममा राप्रपा लचिलो भएमा नयाँ पार्टी निर्माणका लागि काम अगाडि बढ्ने उनको भनाइ थियो ।

राप्रपाले राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डा अगाडि सारेको छ भने विवेकशील साझा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कल्याणकारी लोकतन्त्र, संसद्बाट निर्वाचित गैर दलीय खातीप्राप्त व्यक्ति राष्ट्रपति भन्ने कुरा अगाडि सारेको छ ।

विवेकशील साझालाई वर्तमान राजनीतिक व्यवस्थामा नै राखेर नयाँ लोकप्रिय शक्तिका रूपमा अगाडि सार्नुपर्ने माग राख्ने नेताहरूलाई अध्यक्ष मिश्रले यसअघि नै पार्टीबाट निष्कासन गरिसकेका छन् । मिश्रले गत पुस पहिलो साता नै संयोजक मिलन पाण्डेलाई निष्कासन गरेका थिए । त्यसपछि उनको विचारसँग फरक मत राख्ने नेताहरू रमेश पौड्याल, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, भरतराज पन्त, भूपदेव शाहलगायतलाई कारबाही गरिएको थियो ।उनीहरूलाई कारबाही गरे लगत्तै राप्रपासँगको एकता प्रक्रियालाई तीव्रता दिइएको हो ।

राप्रपा र विवेकशील साझा स्थानीय निर्वाचन (२०७९ वैशाख ३० गते) पहिल्यै एकता गर्ने प्रयासमा रहेको बताइएको छ । चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्ष लचिलो भएको खण्डमा स्थानीय तह निर्वाचन अगावै पार्टी एकता गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

त्यसो हुन नसकेमा प्रतिनिधिसभाको आगामी निर्वाचन पहिले पार्टी एकता गर्ने गरी छलफललाई जारी राख्ने समझदारीमा नेताहरू रहेको नेताले जानकारी दिएका छन् । पार्टीको नाम परिवर्तन र चुनाव चिह्न परिवर्तनका लागि राप्रपा तयार भएमा एकतालाई औपचारिक रूप दिनका लागि दुवै पक्षले वार्ता समिति गठन गर्ने पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस