२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आस्थाका आधारमा सदस्यहरूको सरुवा गरेको भन्दै कर्मचारी सङ्गठनको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा सरुवा गरेको भन्दै आपत्ति जनाएको छ ।

एमाले निकट सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै सङ्गठनका पदाधिकारी, सदस्य र शुभचिन्तक भएकै कारण पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा सरुवा गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका पदाधिकारी, सदस्य र शुभचिन्तक भएकै कारण पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा अनियमित र बेमौसमी रूपमा कर्मचारीहरूको दिनहुँ पदस्थापन र सरुवा गर्ने काम भईरहको घटनाप्रति यस सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक नेतृत्वको दबाबको हवाला दिँदै गैर कानुनी र बेमौसमी यस प्रकारका गतिविधिमा नगर्नसमेत सङ्गठनले भनेको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा भएका सरुवाहरू आपत्तिजनक र खेदजनक भएको जनाउँदै सङ्गठनले पूर्वाग्रही गैर कानुनी सरुवा आतङ्क तत्काल रोक्न र भएका सरुवाहरूसमेत तत्काल बन्द गर्न भनेको छ ।

केही वर्षयता सरकार परिवर्तन हुने बित्तिकै सबैभन्दा पहिलो काम नै कर्मचारीको सरुवा गरिँदै आएको छ । जसमा पार्टी निकट कर्मचारीहरू नै फरक आस्थाका कर्मचारीहरूको सरुवा गराउन अग्रसर हुने गरेका छन् । दलभन्दा चर्का देखिने कर्मचारी सङ्गठनहरू आफू निकट पार्टीको सरकार आउँदा राम्रालाईसमेत पन्छ्याएर खोजी खोजी आफ्नालाई अवसर दिने र फरक आस्थाकालाई पन्छाउने प्रवृत्तिले ‘कहिले सासूको पालो त कहिले बुहारीको पालो’ भन्ने उखान चरितार्थ हुँदै गएको देखिन्छ ।

एमालेको सरकार आउँदा काँग्रेस निकटलाई हुत्त्याउने र काँग्रेसको सरकार आउँदा एमाले निकटलाई उछिट्ट्याउने यो खेलले राम्रो भन्दा पनि हाम्रो काम गर्ने र गराउने प्रवृत्तिलाई त बढवा दिएको छ नै, सेवा प्रवाहमासमेत विभेदीकरण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस