सलमानलाई सगरमाथा आरोहण गर्न आलेको निम्तो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सलमानलाई सगरमाथा आरोहण गर्न आलेको निम्तो


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । बलिउड सुपरस्टार सलमान खान साङ्गीतिक कार्यक्रम लिएर नेपाल आउँदै छन् । नेपाल आउन लागेका खानले सगरमाथा चढ्ने इच्छा देखाएका छन् ।

बुधवार (आज) सोल्टी होटेलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका हुन् । खानले मन्त्री आलेसँगको संवादमा भने, ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि।’

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदै छन् ।

पर्यटन मन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । खानले त्यहाँ जाने पक्का गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस