लोकन्थलीमा शव वाहनमा ठोक्किएर मोटरसाइकल जल्यो, चालक घाइते « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लोकन्थलीमा शव वाहनमा ठोक्किएर मोटरसाइकल जल्यो, चालक घाइते


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । भक्तपुरको लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शव वाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएका थिए ।

आगोमा जलेर मोटरसाइकलमा पूर्णपुरमा क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस