वीरगंज । प्रहरीले भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना ३ ख ४३५९ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रज्ञापन पत्रबिना हार्डवेयर र खुद्रा मालवस्तु लोड गरी जनकपुर जाँदै गरेको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
ट्रक रोकेर चेकजाँच गर्ने क्रममा ४० लाख रुपैयाँ बराबरको सामान भन्सार छलेर ल्याइएको पाइएको एक प्रहरी अधिकारीले बताएका छन् । ट्रक र सामान मंगलबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको ती अधिकारीले बताए ।