सर्वोच्चको निर्णय गलत छ भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छ: भुसाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सर्वोच्चको निर्णय गलत छ भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छ: भुसाल


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताएका छन् ।

मङ्गलवार (आज) पत्रकारहरूसँग कुरा गर्दै उनले संसद् विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको भन्दै अब पनि संसद् विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताएका हुन् ।

उनले भने, ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ । अब पनि फेरि संसद्को यस खालको विघटनहरू ठिक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौँ।’

संसद् विघटनको पक्षपोषण गरेमा संविधान भत्किन सुरु हुने नेता भुसालले बताए । उनले भने, ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस