मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज (मङ्गलवार) मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जान लागेका हुन् ।

जनकपुरधाममा पहिलो पटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जन वर्गीय सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस