अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौँ नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दै छन् । पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबिच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरू एमालेमा प्रवेश गर्न लागेका हुन् ।

दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरूलाई स्वागत गर्नेछन् ।

चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस