साफ यु–१८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

साफ यु–१८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पुनः पराजित भएको छ।

जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्‍यो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे। नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन्।

हेमामले १६ औँ मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाइन्। लिन्डाले २३ औँ मिनेटमा भारतको अग्रता दोब्बर बनाइन्। लिन्डाले ३८ औँ मिनेटमा अर्को गोल थपिन्। ५६ औँ मिनेटमा अनिता कुमारीले भारतका लागि चौथो गोल गरिन् । लिन्डाले ६२ औँ मिनेटमा ह्याट्रिक पुरा गरिन्। सन्दीपा भोलानले ७९ औँ मिनेटमा नेपालका लागि गोल गरिन्।

डबल राउन्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो। नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस