२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्ला अस्पताललाई विशेषज्ञ सेवा दिन सम्झौता

अ+ अ-

खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ ।

एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ ।

हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताए ।

प्रतिष्ठानका उपकुलपति डा. रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीबिच सम्झौता भएको हो । थप दुई जना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्किजल, ओटी र गाइनोलोजिष्टलगायतका विशेषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा. रावलले बताए ।

यसपछि जटिल शल्यक्रिया हुम्लामै गर्न सकिने छ । बिरामी बाहिर पठाउने कार्यलाई निरुत्साहित बनाइने छ । देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो ।

प्रतिष्ठान कर्णालीको मात्र नभई पश्चिम नेपालकै भरोसा केन्द्रका रूपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा, शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए ।

प्रतिक्रिया दिनुहोस