बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ


७ चैत्र २०७८, सोमबार


पक्राउ

काठमाडौँ । बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चार जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रुपन्देही देव दह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगन्जका १९ वर्षीय सन्दीप कुर्मी र सोही ठाउँका १९ वर्षीय महीप बर्मा रहेका छन् ।

पक्राउ परेका ४ जनामाथि सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस