रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ : युक्रेन राष्ट्रपति जेलेन्स्की « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ : युक्रेन राष्ट्रपति जेलेन्स्की


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एक मात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।

यसअघि रुस र युक्रेनी अधिकारीबिच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् ।

उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नै हुँदैनथ्यो भनेका छन् । रुस भने युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पक्षमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस