विद्युत् नियमनका ३ जना पदाधिकारीलाई तत्काल नहटाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्युत् नियमनका ३ जना पदाधिकारीलाई तत्काल नहटाउन सर्वोच्चको आदेश


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । विद्युत् नियमन आयोगका ३ जना पदाधिकारीलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्य भागीरथी ज्ञवालीलाई तत्काल पदबाट नहटाउन आदेश दिएको हो ।

आइतबार (आज) न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलासले तत्काल पदबाट नहटाउन र दुवै पक्षलाई छलफलका लागि बोलाउन भनी आदेश दिएको छ ।

गत बुधवार (२ चैत)मा पनि न्यायाधीश नहकुल सुवेदीको इजलासले आयोगका सदस्य रामेश्वरप्रसाद कलवारलाई तत्काल पदबाट नहटाउनु भनी आदेश दिएको थियो । सर्वोच्च अदालतले दुवै पक्षलाई १३ चैतमा छलफलका लागि बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस