केपी ओलीलाई रूपान्तरण गर्न असफल : प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केपी ओलीलाई रूपान्तरण गर्न असफल : प्रचण्ड


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरे पनि रूपान्तरण गर्न नसकिएको बताएका छन् ।

आइतबार (आज) पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रूपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।

उनले भने, ‘केपी ओलीलाई रूपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका हो । तर त्यो सकिएन ।’ उनले जनताको बल र सही विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताएका छन् । उनले भने, ‘जनताको बलमा, सही विचारको आलोकमा हामी यहाँ आई पुग्यौँ ।’ प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुँदै पार्टी विभाजनको श्रृखंला सुरु भएको बताएका छन् ।

‘उनले अगाडि भने, ‘त्यसपछि पार्टी विभाजन एउटा, दुई वटा, तीन वटा, कति हो कति रु अहिले फेरी एकता कति हो कति र? अहिले फेरि एकताका लागि १४,१५ समूह लाइनमा छन् ।’

उनले प्रतिगमनविरोधि आन्दोलनमा आफू माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै आफूले पलेँटी केसकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त हुन पुगेको बताए ।

प्रचण्डले भने, ‘एउटा टेलर गत पुसपछि देखियो, यो पार्टी क्रान्तिकारी पार्टीकै रूपमा रूपान्तरण गर्ने वा त्यतिकै छोडिदिने रु क्रान्तिकारी बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माणतिर लागेका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस