निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्छौँ: अध्यक्ष ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्छौँ: अध्यक्ष ओली


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्ने बताएका छन्।

इलाममा आयोजित कार्यक्रममा ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्।

उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतिसाल भएर उभिन्छ। देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बढार्नेछ। हामी चुनाव पर्खिरहेका छौँ। एमाले नेपाली जनताको पार्टी हो।’

अध्यक्ष ओलीले कम्युनिस्टको बर्को ओढेका अन्तरेजन्तरेले एमालेविरुद्ध लागेको आरोप लगाए। उनले भने, ‘एमालेले लगाइदिएको मेयरको फुली बोकेर, संसद्को फूली बोकेर एमालेविरुद्ध लाग्ने ? आउँदो निर्वाचनमा जवाफ दिनुपर्छ। गुन बिर्सिने यस्ता तत्त्वहरूलाई तपाईँहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

एमाले कसैलाई अलमल्याउने, झुक्याउने पार्टी नभएको उनको भनाइ थियो। अध्यक्ष ओलीले भने, ‘तपाईँहरूले दिएको भोटको भत्ता खाइरहेका छन्, अनेक थरी कुरा गरिरहेका छन्। एमालेले कसैलाई भ्रममा पार्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस