सम्बन्धन प्राप्त क्याम्पसको सबलीकरणमा शिक्षामन्त्री पौडेलको जोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सम्बन्धन प्राप्त क्याम्पसको सबलीकरणमा शिक्षामन्त्री पौडेलको जोड


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सबलीकरणमा ध्यान दिन आग्रह गरेका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताए ।

‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ’, उनले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सबलीकरणमा ध्यान दिनुपर्छ ।’

मन्त्री पौडेलले देश सुरुङ मार्ग, लिफ्टिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै पूर्वाधार निर्माणमा इञ्जिनीयरको बढी भूमिका हुने हुँदा यसप्रति गम्भीर हुन आग्रह गरे । यस वर्षदेखि देशका ४० बढी क्याम्पसको भौतिक संरचना बन्ने जानकारी दिँदै उनले कार्य योजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस