निर्वाचन अघि नै चुने वडा अध्यक्ष र सदस्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन अघि नै चुने वडा अध्यक्ष र सदस्य


६ चैत्र २०७८, आइतबार


काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका छन् ।

जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् ।

वडा अध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली काँग्रेसका हुन् ।

सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए ।

तामाङका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने छ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

‘गाउँलेहरुको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुने र अब त्यसलाई प्रक्रिया पुर्‍याएर औपचारिकता दिन बाँकी छ,’ गाउँपालिका अध्यक्ष लामाले भने । उनका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।

अब आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस