माओवादी प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

माओवादी प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्दै


६ चैत्र २०७८, आइतबार


सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट आज (आइतबार) नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन ।

विष्टसहित थप केही जिल्ला कमिटीका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार : माओवादी कर्णाली प्रदेश सांसद बिष्टद्वारा पार्टी परित्यागको घोषणा

Tags :
प्रतिक्रिया दिनुहोस