ओली अहङ्कारको जवाफ जनताले वैशाख ३० गते दिने छन् : आले « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ओली अहङ्कारको जवाफ जनताले वैशाख ३० गते दिने छन् : आले


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

ओलीकै घमन्डका कारण वामपन्थीहरूको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए ।

काठमाडौँमा शनिवार आयोजित कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमन्ड गर्न नमिल्ने बताए । नेकपा (एकीकृत समाजवादी)का नेता रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।

उनले भने, ‘आज कोही व्यक्तिको अहङ्कारले गर्दा सङ्घको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमन्ड गरेको छ । त्यो घमन्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाज्यौं भने अहङ्कारमा कुनै कमी छैन । तपाईँहरू मूल्याङ्कन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस