मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।

‘केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधान विपरीत चलेपछि मुलुकलाई निकास दिन काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो’, उनले भने । गठबन्धन सरकार काँग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताए । उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता काँग्रेस भएको बताउँदै काँग्रेसले देशलाई सङ्कट पर्दा निकास दिँदै आएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस