दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ ।
यात्रु बस शनिवार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानले बताएको छ । घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।