इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा पण्डित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा पण्डित


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन्।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार राम किशोर यादवलाई ५२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा पण्डित निर्वाचित भएका हुन्।

पण्डितले ४०३ मत प्राप्त गर्दा यादवले ३५१ मत ल्याएका निर्वाचन समितिले जनाएको छ। त्यसै गरी, उपाध्यक्षमा कार्तिकेश झा ३२४ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिव पदमा रामनारायण यादव ३७५, सहसचिवमा रामेश्वर यादव ४२६ र कोषाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, सदस्यहरूमा नेहा कर्ण, छितेशकुमार यादव, अञ्चली ठाकुर, प्रवीणकुमार यादव, रविकुमार साह, प्रियांसुकुमार गुप्ता, सुमी मिश्रा, रिताकुमारी यादव, दीपककुमार मण्डल र विनीताकुमारी यादव निर्वाचित भएका समितिले जनाएको छ। प्रदेशबाट केन्द्रीय सदस्यमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस