होली खेल्न हिँडेकी युवतीको शव मोदी खोलामा भेटियो, सनाखत बाँकी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

होली खेल्न हिँडेकी युवतीको शव मोदी खोलामा भेटियो, सनाखत बाँकी


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । पर्वतको कुस्मा नगरपालिका-७ स्थित मोदी खोलामा एक युवतीको शव फेला परेको छ । कुस्मा ७ खरेहास्थित मोदी खोलामा करिब २० बर्सिया युवतीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन । ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

उनी होली खेल्न घरबाट हिँडेकी हुनसक्ने अनुमान प्रहरीले गरेको छ । उनको बलात्कारपछि हत्या भएको आशङ्का स्थानीयले गरेका छन् । कसैले पनि आफ्नो मान्छे हराएको भनी प्रहरीमा जानकारी नदिँदा शवको सनाखत गर्न नसकिएको प्रहरीले जनाएको छ । उनको मृत्यु बिहीबार भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस