पर्यटक लिन गएको सवारी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटक लिन गएको सवारी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


४ चैत्र २०७८, शुक्रबार


कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए ।

दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइन्छ ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रबन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस