मेडिकलमा स्नातकोत्तर गरेका विदेशी विद्यार्थीले अब नेपालको विशेष परीक्षामा सहभागी हुन पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेडिकलमा स्नातकोत्तर गरेका विदेशी विद्यार्थीले अब नेपालको विशेष परीक्षामा सहभागी हुन पाउने


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । चिकित्सा शास्त्रका मेडिकल वा डेन्टल विषयमा स्नातकोत्तर गरेका विदेशी विद्यार्थी नेपालमा विशेष परीक्षा (पीजी) मा सहभागी हुन पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिल नियमावलीको पाँचौँ संशोधनमा यस्तो व्यवस्था गरेसँगै विदेशी विद्यार्थी पीजीमा सहभागी हुन पाउने भएका हुन् ।

त्यस्तै, यिनै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले दर्ता प्रमाणपत्र परीक्षामा भाग लिन पाउने नियमावलीमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २६ गते नेपाल ‘मेडिकल काउन्सिल पाँचौँ संशोधन नियमावली २०७८’ ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस