विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक गरी सुरु भएको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) बिहान ८ बजे बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो ।

केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजेसम्मलाई सारिएको जानकारी दिइन्।

बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस