सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । एक सातादेखि सुनको मूल्य घट्दो अवस्थामा छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजाबी सुन र चाँदीको प्रतितोला मूल्य क्रमशः ९९ हजार ३ सय र १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

शुक्रबारका लागि तोकिएको चाँदीको मूल्य हिजो (बिहीबार)को भन्दा तोलामा ५ रुपैयाँले कम हो ।

Tags :
प्रतिक्रिया दिनुहोस