युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । आइसिसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले १५ ओभरमा ४ विकेट गुमाएर ५१ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्ष क्रमका तीन ब्याटरलाई आउट गरे भने करन केसीले १ विकेट लिए ।

चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउट गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे । ११ औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई आउट गराएका हुन् ।

युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आइसिसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार पारी खेलेका थिए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस