भेरी नदीमा भेरी नदीतीनै बालबालिकाको शव भेटियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भेरी नदीमा भेरी नदीतीनै बालबालिकाको शव भेटियो


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।

बेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो।

उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो।

यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

दिउँसो १ बजे भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र साँझ ५ बजे सोही ठाउँकी १२ वर्षीय गङ्गा खड्काको शव भेटिएको उनले जानकारी दिए।

उनीहरूको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो।

बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको छ।

फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस