ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि संवैधानिक इजलासमा आज सुनुवाइ तोकिएको छ ।

यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाइका लागि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले गत साता गोला नतानी सो मुद्दालाई आफ्नो इजलासमा राखेर लगत कट्टा गरी संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए ।

अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन् ।

सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्युरी पठाइदिन आग्रह गर्दै पत्र लेखेको थियो । संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा लगेर अनुकूल एमिकस क्युरी र अनुकूल न्यायाधीशहरूबाट सत्ता गठबन्धनको पक्षमा फैसला गराउन खोजेको आशङ्का एमालेले गरेको छ ।

कामु प्रधान न्यायाधीश कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा इजलासमा यसअघिको एकल इजलासको आदेश निरन्तर हुने वा नहुने भन्ने बहस समेत हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस