जुवा खालबाट १९ जना पक्राउ, झण्डै ४ लाख नगद बरामद « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जुवा खालबाट १९ जना पक्राउ, झण्डै ४ लाख नगद बरामद


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। गोरखाको बार पाक सुलिकोट गाउँपालिका–३ सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट झण्डै चार लाख नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरूलाई बिहीबार राति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रञ्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्बर ७ का राम बहादुर बराम रहेका छन् ।

त्यस्तै बार पाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का फेन बहादुर घले, वडा नम्बर ३ का धन बहादुर तामाङ, विशाल आले, वडा नम्बर ४ का वीर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

उनका अनुसार सिरान चोक गाउँपालिका–९ का मङ्गल बिक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिर कोट गाउँपालिका वडा नम्बर ३ का विष्णु अधिकारी, वडा नम्बर ४ का रत्नमान गुरुङ र वडा नम्बर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरू १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टा बाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस