जेठ १८ देखि सुरु कक्षा १२ को परीक्षा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जेठ १८ देखि सुरु कक्षा १२ को परीक्षा


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्न पत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड–१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्न पत्र परीक्षाकेन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस