पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण, २२० जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण, २२० जना सङ्क्रमणमुक्त


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२० रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस