माओवादी केन्द्रको चितवन इन्चार्जमा मेयर दाहाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको चितवन इन्चार्जमा मेयर दाहाल


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई दिएको छ ।

आज (बिहीबार) माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

यस्तै अन्य पदाधिकारी भने टुङ्गिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए।

माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस