होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत


३ चैत्र २०७८, बिहिबार


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस